अन्डाको खोलभित्र लागूऔषध
काठमाडाैं | फागुन ७, २०७९
दमक: पछिल्लो समयमा लागूऔषध कारोबारीले अन्डाको खोलभित्र लागूऔषध ब्राउन सुगर ल्याउने गरेको भेटिएको छ ।
मेचीनगर नगरपालिकाको काँकडभिट्टा नाकाबाट अन्डाको खोलभित्र लुकाएर ब्राउन सुगर ल्याएको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । अर्जुनधारा नगरपालिका–३ का २४ वर्षीय ऐतराज इवा र सोही ठाउँका २७ वर्षीय प्रकाश खातीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
एउटा क्यारेटमा एक दर्जन अन्डा ल्याइरहेका उनीहरूलाई शङ्का लागेर जाँच गर्दा बीचमा एउटा अन्डामा सानो दुलो बनाई त्यहीँभित्र प्लास्टिकमा पोको पारेर ब्राउन सुगर लुकाएर राखेको पाइएको प्रहरीको भनाइ छ । उनीहरूले यसरी लागूऔषध ल्याउँदा प्रहरीले शङ्का नगर्ने ठानेर यो विधि अपनाएको हुन सक्ने बताइन्छ । लागूऔषध कारोबारी तथा प्रयोगकर्ताले अचम्म–अचम्मको उपाय र नयाँ–नयाँ विधि अपनाएर लागूऔषध ल्याउने गरेको पाएका छौँ, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख दुर्गा रेग्मी बताउनुहुन्छ ।
लागूऔषधको कारोबार गर्नेलाई कडा निगरानीमा राखिएको र जस्तोसुकै अवस्थामा पनि पक्राउ गरेर कारबाही चलाउन मातहतका सबै कार्यालयलाई निर्देशन दिइएको रेग्मीले जनाउनुभएको छ । जिल्लामा प्रमुख समस्यामध्ये एउटा लागूऔषधको कारोबार तथा प्रयोग रहेको बताइने गरिएको छ ।
नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...
पोखरा: ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...
काठमाडौंः नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

